समाज

अगामी निर्वाचनमा महिला नेतृत्व बढाउन ओरेकको पहल् प्रमुख दलका नेता संग गराई हस्ताक्षर

जनकपुरधाम चैत २९ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचानमा महिला सहभागिता बढाउन दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । महिलाहरुको समानुपातिक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार विषयक उक्त कार्यक्रममा ओरेक नेपालले महिलाहरुको नेतृत्वलाई दलहरुले प्राथमिकतामा राख्दै महिलाहरुको सहभागिता समानुपातिक र समावेशी रुपमा गर्न दलहरुलाई ध्यानाकर्षण गराएको छ । ओरेक नेपालले धनुषाका ६ दलका नेताहरुको प्रतिवद्र्धता समेत लिएका छन् । नेतृत्वमा महिलाहरुलाई सहभागि गराउन, महिलाहरुको योगदानको कदर गर्न राष्ट्रिय अभियान अन्तर्गत ओरेकले दलहरुको प्रतिवद्र्धताका साथ ध्यानाकर्षण गराएको बताउनुभयो । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्र्टीका नेताहरुलाई नेताहरुलाई माग पत्र हस्तान्तरणसँगै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको ओरेक धनुषाकी जिल्ला संयोजक रोजलिन सिंह बछारले बताउनुभयो । ओरेक नेपालको आयोजनामा अन्तर महिला पार्टी सञ्जाल, निल हिरा समाज र उन्नत नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ६ प्रमुख दलका नेताहरुको उपस्तिति रहेको थियो ।लोसपाका प्रमुख सचेतक प्रमेश्वर साह, एमालेबाट धनुषा जिल्ला महासचिव श्याम पुर्वे, कांग्रेसका जिल्ला उपसचिव गणेश साह, माओवादी केन्द्रका चन्द्र शेखर साह, नेकपा समाजवादीबाट जिल्ला सदस्य सुरेन्द« राय, उद्योग वाणिज्य संघका सदस्य अम्भु प्रसाद साहको उपस्थिती रहेको जिल्ला संयोजक बच्छारले जानकारी दिइन् । त्यस्तै कार्यक्रममा ९ बँुदे माग पत्र प्रस्तुत गर्दै महिला र महिला भित्रको विवधतालाई स्वीकार गरी अर्थपुर्ण समावेशी सहभागितामुलक व्यवस्था गरि विधानमा व्यवस्थासँगै कार्यान्वयन गर्न माग गरिएको छ । साथै आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा महिलाको नेतृत्वदायी भुमिकाको विनाशर्त सुनिश्चिता गर्न उल्लेख गरिएको छ । त्यस्तै उद्योग बाणिज्य महासंघका अम्भु प्रसाद साहले राजनीतिमा महिलाको कार्ड फल्ने तर अधिकार र भूमिकाको बेला नदिने प्रवृतिले गर्दा समस्या खडा भइरहेको जोड दिए ।यता सत्तासाझेदार तथा नेपाली कांग्रेसका धनुषा जिल्ला उपसभापति गणेश शाहले कांग्रेस नै महिला तथा समावेशी आन्दोलन गर्ने प्रमुख पार्टी भएकोले महिला सहभागितको सवालमा सकारात्मक रहेको टिप्पणी गरेका थिए ।

Comment here