समाज

अछाम घटनाप्रति प्रधानमन्त्री देउवा र ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । अछामको पहिरो घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुबै शीर्ष नेताले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट घटनामा पीडित भएका परिवारलाई राहत, उद्धार, पुनःस्थापनाका विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।भने एमाले अध्यक्ष ओलीले सरकारले घटनालाई गम्भिर रुपमा लिएर सरकारले काम गर्नुपर्ने बताएका छन् ।साभार : नेपाल प्रेस

Comment here