समाज

अतिक्रमणकारीको कारण कब्रीस्तान बन्यो बाटो विहीन बाटो खुलाउन पहल गरिने मेयर साहको प्रतिवद्धता

जनकपुरधाम । मेयर मनोज कुमार साहले अतिक्रमणको चपेटामा परेको जनकपुरधामउप–महानगरपालिकाका–१९ स्थित कब्रिस्तानको निरिक्षण गरेका छन् ।
कब्रिस्ताननिर्माण समितिकापदाधिकारी,स्थानीयभद्रभलादमीहरुको उपस्थितिमाशनिवार बिहान मेयर साहले निरिक्षण गरेकाहुन् ।
नगर क्षेत्रका सयौं ईस्लामधर्मावलम्बीवासिन्दाहरुको अन्त्येष्टिसंग प्रत्यक्ष सम्बन्धितकब्रितान सम्मपुग्न बाटो पु¥याउन हरसम्भव सहकार्य गर्ने प्रतिवद्धता निरिक्षण पश्चात मेयर साहले व्यक्त गरे । उनले भने,‘नदी नियन्त्रणसंग प्रत्यक्ष सम्बन्धितकामजउनपाले एक्लै गर्न सक्ने अवस्था छैन,तर जलस्रोत तथासिँचाइविभागलगायतका सम्बन्धितकार्यालयसंग सहयोग गर्नकालागि म आफै अनुरोध गर्नेछुँ र बाटो निर्माणमा हामीले गर्न सक्ने सबै कामगर्नेछौं।’
निरिक्षणमा रहेकाजलस्रोत तथासिँचाई डिभिजनधनुषाकाप्रमुख अरुण लाल कर्णले नदीको तर्फबाट नियन्त्रण र व्यवस्थितगर्ने कामको लागिअल्पकालीन रुपमा केहि कामगर्न सकिने भएपनिनिर्वाचनआचार संहितालागु भएकोले ठूलो योजनामाकामगर्न नसकिने बताए । उनले जलाधिनदीलाई व्यवस्थित गरी कब्रिस्तान संरक्षणका लागि ठूलै बजेटको आवश्यकता रहेको बताउँदै यसको लागि सबै पक्षमिलेर आवाज उठाउनु पर्ने धारणा समेत उनले व्यक्त गरे ।
जउनपा–१९ र १को सीमामाअवस्थितजलाधिनदीको उत्तरवर्ती तिरमै अवस्थित७ सात कठ्ठा क्षेत्रफलमा रहेको सो कब्रिस्तानदशकौं देखि निर्माणको पर्खाइमा रहेको छ । कब्रिस्ताननिर्माण गर्नकालागि समाजसेवी स्व.भुल्ला कवाडीले तीन कठ्ठा जग्गादान गरेकाथिएभने कब्रिस्ताननिर्माण समितिले चार कठ्ठा जग्गाखरिद गरेको जनाइएको छ ।
विक्रम सम्वत् २०२३ सालमै जग्गादानगरिएको भएपनि सम्बन्धितनिकायको चरम लापरवाहीको कारण कब्रिस्ताननिर्माण ओझेलमा परेको छ । आसपासमाजानकीमन्दिरको गुठी संस्थानकाजग्गाहरु रहेको छ । र सो जग्गाहरु अतिक्रमणमा परेकोले कब्रिस्तान बाटो विहिनमात्रनभइबाँकीजग्गा समेत अतिक्रमणमा पर्ने सम्भावनापनिउत्तिक्कै रहेको मुस्लिम समुदायका य्ुवाअगुवामो.अरमानदर्जीको गुनासो छ ।
तीनतर्फबाट नदीको किनार एवम् एक तर्फबाट वस्ती हुँदाहुँदै पनि अतिक्रमणकारीहरुले बाटो समेत बन्दहुने गरी भवनहरु निर्माण भएकोले कब्रिस्तान बाटो विहिनबनेको हो ।
बाटो नहुँदाजउनपा–११,१९,१ तथा १६का गरी हजारौं मुस्लिम समुदायकाव्यक्तिहरुको अन्तेष्टिस्थल नै बाटो विहिन भएपछि मुस्लिम समुदाय मृत्युपरान्तपनि समस्याभोग्नबाध्यबनेका छन् ।
कब्रिस्तानको जग्गामाचारैतर्फबाट पक्कीपर्खाल लगाएर संरक्षण गर्नुका साथै कब्रिस्तानसम्म बाटो खुलाउनअहिलेको आवश्यकता रहेकोे मुस्लिमयुवाअगुवा अरमानले माग गरेका छन् । उनले भने–‘केहि दिनपहिला सम्मकब्रिस्तानसम्मै पुग्ने बाटो पनिथियो तर गुठी संस्थानको जग्गा अतिक्रमण गरेकाहरुले बाटोमै समेत पर्खाल ठड्याएपछि कब्रिस्तान बाटो विहिनबनेको हो।’
स्थानीय वडाका जनप्रतिनिधिहरुकै मिलोमतोमा सार्वजनिकजग्गाहरु अतिक्रमण हुँदै जानु दुर्भाग्यपूर्ण रहेको अरमानले दुःखेसो पोखे ।
मानवजीवनको अन्तिम सत्य नै मृत्यु नै हो र मृत्योपरान्तअन्तेष्टिका लागि स्थापितगरिएको स्थान अतिक्रमण प्रतिजनकपुरधामउपमहानगरपालिकामात्रनभई सम्पूर्ण जनकपुरधामवासी नै संवेदनशीलहुनु आवश्यक रहेको मुस्लिम समुदायकाअगुवाहरुको कथन रहेको छ ।

Comment here