समाज

अपाङगता भएका व्यक्तिको न्यायमा पहूँच सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न

जनकपुरधाम । अपाङगता भएका व्यक्तिहरुलाई न्यायमा पहूँचको आभाव भईरहेको बेलामा राष्ट्रिय अपाङग महासंघ नेपालको संयोजनमा जानकी एफएम सामुदायिक रेडियोले मंगलबार जनकपुरधाममा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाको प्रमुख आतिथ्यमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अपाङगता भएका व्यक्तिहरुले सरकारी कार्यालयहरु अपाङगता मैत्री नभएकाले आफुहरुलाई धेरै समस्या भईरहेका बताएका छन् । उनिहरुले सरोकारबला निकायले आफुहरुको समस्यालाई समाधान गर्न पहल नगरेको आरोप समेत लगाएका छन् ।महासंघका प्रदेश अध्यक्ष किरण पासमानको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै जनकपुरधाम ८ का निलम कुमारी मंडलले अपाङगता भएर पनि आफु स्नातकोत्तर सम्मको अध्ययन गरेपनि जागिर पाउन नसकेकाले समस्या बढेको बताउनु भएकोछ । । अपाङगता भएकै कारणले लोकसेवाको परिक्षामा समेत सपाङग जस्तै समय रहेकाले आफुहरुलाई परिक्षा दिन पनि समस्या भएको उनले दुखेसो पोख्नु भयो । अपाङग महिला भएर पनि पढाई गर्दा जागिर नपाउदा धेरै दुःख लागेको उहाँ बताउनु हुन्छ । सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले पुरानो भवन भएकाले जिल्ला प्रशासन कार्यालय अपाङग मैत्री नभएको स्विकार्दै अव बन्ने भवन अपाङमैत्री हुने बताउनु भयो । अधिकारी वास्तोलाले अपाङगता भएका व्यक्तिहरुका लागि कानुनमा सबै व्यवस्था भएपनि व्यवहारिकमा समस्या देखिएको बताउनु भयो । सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव आयोग प्रदेश कार्यालय जनकपुरधामकी मनमाया मगरले अपाङगता भएका व्यक्तिलाई कोरोनाको खोप प्राथमिकता दिएको बताउदै अनुगमनको क्रममा अपांगता भएका वालवालिकाहरुको शैक्षिक स्तर बढाउन आवश्यक पुर्वाधार व्यवस्थापन गर्न स्थानिय तहसंग समन्वय भईरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला आदालत धनुषाका प्रशासकीय अधिकृत जिवेश झाले अबबन्ने भवन अपांगता मैत्री हुने बताउदै वर्तमान अवस्थामा अपाङगता भएका व्यक्तिको सेवा प्रवाह गर्न आदालत सजग रहेको बताउनु भयो । सो कार्यक्रमलाई समापन गर्दै राष्ट्रिय अपाङग महासंघका प्रदेश अध्यक्ष किरण पासमानले नयाँ बन्ने संरचना अपाङगतामैत्री हुनुपर्ने माग गर्नुभयो । उहाँले प्रदेश सरकारले क वर्गको अपाङगलाई आरक्षण दिदा समस्या भईरहेको बताउनु भयो । क वर्गको अपाङगता भएकाहरुले आफ्नो दैनिकी पनि गर्न नसक्ने भएकाले ख र ग वर्गका अपाङगलाई आरक्षण दिदा मात्र सो आरक्षणको लाभ अपाङगता भएका व्यक्तिले पाउने बताउनु भयो । कार्यक्रमको संचालन महासंघका कार्यक्रम अधिकृत संजय पासमानले गर्नुभएको थियो ।

Comment here