समाज

अपाङगता भएका व्यक्तिहरु कोविड पछि बढी पिडित

जनकपुरधाम । प्रदेश नं. २ मा कोरोना भाइरसको महामारीका बिच अपाङगता भएका व्यक्तिहरु हिँसाको सिकार भएका एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।राष्ट्रिय अपाङ महासंघ प्रदेश नं. २ ले शुक्रबार आयोजना गरेको जुम मिटिङगमा सहभगी भएका अपाङगता भएका व्यक्ति, महिला परामर्शदाता तथा जिल्ला सम्पर्क व्यक्तिहरुले कार्यक्षेत्रमा देखेका समस्याहरुलाई प्रस्तुत गरेका थिए । राष्ट्रिय अपाङग महासंघ प्रदेश नं. २का अध्यक्ष किरन पासमानको अध्यक्षतामा भएको ‘हो हामी गर्न सक्छौँ’ परियोजनाको दोस्रो चरणको तेस्रो बैठकमा बोल्दै जिल्ला सम्पर्क व्यक्तिहरुले अपाङगता भएका व्यक्तिहरुलाई खोप लगाउन पनि समस्या भईरहेको बताए । अहिले नेपाल सरकारले १८ वर्ष देखि माथिका नेपाली नागरिकलाईदिइरहेको कोरोना भाईरस विरुद्धको खोप लिन अपाङगता भएका व्यक्तिलाई सहज बनाउन माग समेत गरे ।उक्त बैठकमा बोल्दै महिला परामर्शदाता रागिनी मिश्रले अपाङगता भएका महिलाले सपाङ संग गरेको प्रेम विवाह पछि अहिले अहिले समस्या भईरहेको उदाहरण दिदै अपाङगता भएका महिलाहरु बढी पिडित भईरहेको बताउनु भयो । अगामी दिनमा भौतिक उपस्थितिमा नै बैसार गरेर समस्या समाधान गर्न रणनीति बनाउने सहभागीहरुले निणर्य गरेको महासंघका प्रदेशीक संयोजक कल्पना साहले जानकारी दिनुभयो । परियोजना अन्तरगत अपाङगता भएका व्यक्तिहरुलाई पनि संबिधानमा उल्लेल भएको कानुन अनुसार राज्यको हरेक तहमा सम्मानजनक सहभागीता लगायतका विषयमा महासंघ अगाडी बढेको छ ।

Comment here