जनकपुरधाम ११ गते पुस । समाजमा रहेका अपांङगता भएका व्यक्तिहरुलाई दया नभई कानुन अनुसारको पहुँच युक्त संरचनाको आवश्यक्ता रहेको एक गोष्ठीमा सहभागीहरुले बताएका छन् । हामीलाई पनि समावेश गर नाराका साथ सुरु भएको अपाङगता भएका व्यक्तिहरुको नयायमा पहुँचका अवरोधकहरु सम्बन्धी जनकपुरधाममा सोमबार देखि सुरु भएको दुई दिने कार्यशाला गोष्ठीको पहिलो दिन सहभागीहरुले पहूँच युक्त संरचना निर्माणमा जोड दिएका छन् । सरकारी तथा सार्वजनिक कार्यालयहरुमा अपाङता मैत्री भवन नहूँदा समाजमा रहेका अपाङगता भएका व्यक्ति मात्र नभई बृद्धबृद्धा, बालबालिका तथा असक्तहरुलाई समेत पहुँचमा समस्या भईरहेकाले भौतिक संरचना निर्माण गर्दा सबैको पहूँच युक्त संरचना निर्माण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजनामा भएको सो गोष्ठीमा बोल्दै मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मसाउद अलि खाँले अपाङगता भएका व्यक्तिहरुलाई सुरक्षा र न्यायमा पह्रूँच बढाउन प्रहरी संगठनले गम्भिरताका साथ काम गरिरहेको बताउदै केहि समस्या भए जानकारी गराउन आग्रह गर्नुभएको थियो । गोष्ठीमा बोल्दै वरिष्ठ अधिवक्ता किशोरी साहले आदालतमा अपाङगता भएका व्यक्तिका लागि दोभाषे राख्ने कानुन बनाई लागु गर्नुपर्ने बताउदै अपाङग मैत्री भवन निर्माण गर्नुपर्ने बताउनु भयो । गोष्ठीको पहिलो दिन राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले विगतमा पहुँच युक्त संरचनाका लागि भएको अनुसन्धानले उजागर गरेका नचिजाहरु तथा समाधानका उपायहरुका बारेमा जानकारी गारउनु भएको थियो । त्यस्तै अधिवक्ता मुकुन्द हरि दहाल तथा विमल बस्नेतले न्यायमा पहुँचमा अपाङगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा सम्बन्धी मापदण्डका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङगताका क्षेत्रमा आफुहरुले गरिरहेको कामका विषयमा जानकारी गराउनु भएको थियो ।
अपाङगलाई दया नभई पहुँचयुक्त संरचनाको आवश्यक्ताको माग
११ पुष २०७९, सोमबार १९:३९0


सम्बन्धित समाचार
१७ फाल्गुन २०७८, मंगलवार १२:३२0
महाशिवरात्रिमा समान भाषामा दिए काङ्ग्रेस महामन्त्रीद्वय शर्मा र थापाले शुभकामना
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले महाशिवरात्रिको उपलब्ध शुभकामना सन्देश दिएका छन् । उनीहरूले एउटै मन्त्र राखेर दिएको शुभकामनाको भाषा पनि समान छ । उनीहरू पोस्
Read More
१३ माघ २०७९, शुक्रबार १२:४०0
मधेशमा जनमतका मन्त्री कुशवाहाले स्वीकारे कृषि मन्त्रालय
जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्
Read More
८ मंसिर २०७९, बिहीबार १२:३३0
धनुषा क्षेत्र २ ‘ख’ बाट जसपाका यादव निर्वाचित
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गर
Read More
Comment here