बटुकनाथ झा
साउन ६ गते जनकपुरधाम ।
विगत लामो समय देखि मधेश प्रदेशकै मिभिन्न जिल्लामा निःशुल्क दन्त शिविर संचालन गर्दै आएका जनकपुरधामका अप्पन डेन्टल चेम्बर्सका संचालक डा. अजय शाकले अब धनुषाका विभिन्न पालिकाका आमनागरिकलाई सेवा दिईरहनु भएको छ । धनुषा जिल्लाका सबैला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सम्पुर्ण मतदातालाई दन्त परिक्षण, दाँत निकाल्ने तथा अस्थायी दाँत हाल्ने गरी सो पालिकाहरु संग सम्झौता भएकोछ ।बिहिबार मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जय कुमार यादव संग सो बिषयमा सम्झौता गरिएको डा. शाहले जानकारी दिनुभयो । चार वर्षकालागि दुबै पालिका प्रमुख संग भएको सम्झौता अनुसार दुबै पालिकाका मतदातालाई जनकपुरधामअस्पताल रोड स्थित अप्पन डेन्टल चेम्वर्समा मात्र सेवा दिईने र सो सेवा अन्तरगत दन्त र मुख परिक्षण गर्ने, दाँत झिक्ने तथा अस्थाई दाँत राख्ने सहमती भएको छ । रामसति देवी असर्फी साह सेवा प्रतिष्ठानको मुख्य आयोजना तथा अप्पन डेन्टल चेम्वर्सको प्राविधिक सहयोगमा डा. अजय शाह तथा डा. सुमन कर्णले सम्झौता अनुसार उपचार गर्ने उहाले जानकारी दिनुभयो ।


Comment here