समाज

अष्टावक्र हबको तीनदिने तालिम जारी सामुदायिक र नीजि विद्यालयका २५ जना प्रधानाध्यापकको सहभागिता

विकास आर्या ठाकुर, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले अष्टावक्र हब जनकपुरधामले शिक्षकहरुको दक्षताका लागि आयोजना गरेको तालिमले यहाँको शिक्षा जगतमा नयाँ उर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् ।क्वेस्ट नेपालद्वारा यहाँ आयोजित तीन दिने तालिमको विहीवार उद्घाटन गर्दै मेयर साहले भने,‘ कुनै बेला यस क्षेत्रको नभइ देशभरिमै शिक्षा जगतमा छुट्टै मुकाम हासिल गरेको जनकपुरधाममा केहि दिन शिक्षा क्षेत्रमा देखिएको विकृति न्यूनिकरणका लागि तालिम कोशे ढुँगा साबित हुनेछ।’

ज्ञानभूमि जनकपुरधाममा खस्किंदो शिक्षा क्षेत्रलाई जीवन्तता प्रदान गर्न शिक्षकहरु दक्ष हुनु पर्ने र सोकालागि अष्टवक्र हबले थालेको अभियानलाई जउनपाले यथासक्य सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।समाजको भविष्य निर्धारण गर्ने शिक्षण पेशामा लागेकाहरुको समाज डोर्‍याउने मुख्य जिम्मेवारी शिक्षकहरुकै भएकोले अष्टावक्रले थालेको अभियान पहिलो खुड्किलोको रुपमा रहेको र यस अभियानलाई सबैले सहयोग गर्ने विश्वास समेत उनले व्यक्त गरे ।मेयर साहले यस प्रकारको तालिमले उपमहानगरका विद्यालयहरुमा सकारात्मक सन्देश समेत फैलिने र यसले भविष्यमा अभियानको रुपमा अगाडि बढ्ने प्रति विश्स्त रहेको दावी गरे ।अष्टावक्र हबका संयोजक सन्तोष कुमार साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हबका सल्लाहकार विश्वलाल सिंंह,कनकपट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक सु्निक कुमार मल्लिक लगायतका वक्ताहरुले आ-आप्mनो मनतव्य राखेका थिए । वक्ताहरुले केहि यतादेखि जनकपुरधामको शिक्षा क्षेत्र धराशायी हुन पुगेको प्रति चिन्ता व्यक्त गरेका थिए ।उनीहरुले यहाँको शिक्षा जगतमा थुप्रै सुधार गर्नुृ पर्ने आवश्यकता औंल्याउँदै अगामी दिनमा पनि यस प्रकारको तालिमको आयोजना गरेर सबै उपमहानगर क्षेत्रमा रहेका सम्पूणर् विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई दक्ष बनाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै हबका संयोजक साहले तालिमलाई मधेश प्रदेशमै ऐतिहासिक तालिमको संज्ञा दिँदै भने,‘स्मार्ट नागरिक बनाउन स्मार्ट,क्वालिटी पर्सनको आवश्यकता हुन्छ र हामीले अष्टावक्र हब मार्फत सो प्लेटफर्म प्रदान गर्नेछौं ’।

कार्यक्रममा

यहाँका सामुदायिक तथा नीजि आवासीय विद्यालयका करिब २५ जनालाई प्रधानाध्यपक/सञ्चालकहरुलाई सहभागि गराइएको यो तालिम विहीबारदेखि सुरु भई शनिबार सम्म चल्नेछ ।

आयोजकले दिएको जानकारी अनुसार निराजन अधिकारी यस तालिमका प्रखुख प्रशिक्षकका रुपमा रहेका छन् ।

यहाँकै केहि नीजि विद्यालयहरुको आर्थिक सहयोगमा आयोजना गरिएको यस तालिमलाई अभियानका रुपमा अगाडि बढाइने आयोजकले जनाएको छ ।

Comment here