सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर नवलकिशोर झाले बताउनुभएको छ । शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो । अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ । जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो । अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । साभार : गोरखापत्र अनलाइन
अस्पतालमै शिशु छाडेर आमा फरार
१२ पुष २०७९, मंगलवार ११:५१0


सम्बन्धित समाचार
२२ फाल्गुन २०७८, आईतवार १२:३६0
मधेसको बहुचर्चित मिथिला परिक्रम महोत्तरीको मट्टिहानीमा आइपुग्यो
महोत्तरी। विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ। मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो। परिक्रमामा ५
Read More
१६ फाल्गुन २०७८, सोमबार ११:३८0
प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारि
Read More
३० पुष २०७८, शुक्रबार ११:३३0
भारतमा एकैदिन थपिए दुई लाख ६४ हजार कोरोना संक्रमित
काठमाडौं । भारतमा कोभिड संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।कोभिडको नयाँ भेरिय
Read More
Comment here