जनकपुरधाम । बैसाख मुलुक निर्वाचनमा होमिएको बेलामा जनकपुरधाममा मंगलबार भएको एक अन्तरक्रिया कार्यक्रममा बोलदै सरोकारबलाहरुले नियममा अपांगता मैत्री निर्वाचन प्रणाली लागु भएपनि व्यवहारमा नदेखिएको बताए । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा जनकपुरधाममा भएको अपांगता मैत्री निर्वाचन तथा मतदाता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा अपाँगता मैत्री मतदान स्थल हुनु पर्नेमा वक्ताहरुले बताएका थिए । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले निर्वाचनमा अपांगता भएका मतदाताको पहुच बढाउनको लागि राज्य पक्षले ध्यान दिनुपर्ने बताएका थिए । यस्ता कार्यक्रमहरु पहिला नै संचालन हुँदा अपांगता भएका मतदाताहरुको लागि विभिन्न पार्टीका उम्मेदबारहरुको प्रतिबद्धता लिन सकिन्थ्यो । सहभागीहरुले विभिनन प्रकारका अपांगता भएका मतदाताहरुको अधिकारका लागि अध्यक्ष अधिकारीले प्रस्तुतीकरणमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय अपांङग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले विभिन्न पालिकामा अपांगता भएका व्यक्ति उम्मेदवारी दर्ता गराएको बताउनु भयो । सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरकी मनमाया मगर,इन्सेकका प्रदेश संयोजकराजु पासमान, ओरेक जनकपुरका प्रमुख रोजलिन बछार, एकल महिला समाजका धनुषा अधयक्ष सुभद्रा आले,अपांग समाज जनकपुरका अध्यक्ष शत्रुघनलाल कर्ण लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका ्रतिनिधी,संचारकर्मी,अपांगता भएका व्यक्तिहरुको समेत सहभागिता थियो ।


Comment here