समाज

आगलागी पिडितलाई जनकपुरधाम उपमहानगरपालिकाको २ लाख रुपैया सहयोग

जनकपुरधाम | आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित ओम पशु सेवा केन्द्रलाई जनकपुरधाम उपमहानगरपालिकाले २ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तानानतरण गरेको हो । २०७९ जेठ १९ गते भएको आगलागीका कारण एक गाई सहित २५० हास जलेको थियो भने ६ वटा गाई घाइते र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीमा परि पशु सेवा केन्द्रका संचालक यादव समेत घाईते भएका थिए । आगलागीका कारण ठुलो क्षति भएकाले केही राहत होस भने उद्देश्यका साथ राहत प्रदान गरिएको उनले बताए ।

Comment here