समाज

आजको मौसम : हिमाली क्षेत्रमा हिमपात,अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । सोमबार (आज) देशका अधिकांश स्थानमा  मेघगर्जनसहित वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।प्रदेश १ र वाग्मती प्रदेशका केहि स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको हो । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागको भनाइ छ ।दिउँसो सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।साभार : कोसीअनलाइन

Comment here