काठमाडौं । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भौतिक रूपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।साभार : नेपाल प्रेस
आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने
२४ पुष २०७९, आईतवार १२:१३0


सम्बन्धित समाचार
५ पुष २०७९, मंगलवार १२:२५0
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता दिउँसाे ३ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेस
Read More
१५ माघ २०७९, आईतवार १२:५७0
रौतहट प्रहरीद्वारा २ करोडभन्दा बढीको अवैध सामान
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटेका गस्ती टोलीले २ करोड भन्दा बढीको अवैध सामान बरामद गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा दोब्बर हो । यस आर्थिक वर्षको साउनदेखि पुस मसान्त
Read More
११ मंसिर २०७९, आईतवार १३:००0
सीताराम विवाह पञ्चमी: जनकपुरमा तीन दिन माछा, मासु र मदिरा निषेध
जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिरामा प्रशासनले प्रतिबन्ध लगाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले आजबाट जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मद
Read More
Comment here