समाज

आजबाट सर्वोच्चसहित सबै तहका अदालत सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गरेको छ ।गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै  भन्दै अचानक सेवा सङ्कुचन गरेको सर्वोच्चले १ फागुनदेखि सबै प्रकारको सेवा सञ्चालन गरेको जनाएको छ ।गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट पूर्ण रुपमा सञ्चालन भएको  प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा सङ्कुचन गराएको थियो ।झन्डै एक महिनाको सेवा सङ्कुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारवाही र  सुनवाइलाई भने स्थगित भएको थिएन ।साभार : कोसी अनलाइन


Comment here