काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरु अन्तिम नामावली प्रकाशन गर्दैछ ।आज दिउँसो १ बजेसम्म असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । दिउँसो १ बजेदेखि तीनबजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोजका प्रवक्ता शालिकराम शर्माले बताए ।यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि चुनाव चिन्ह्र प्रदान गर्ने आयोगको तयारी छ । ३ बजेदेखि ७ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह्र प्रदान गरिने आयोगले जनाएको छ ।साभार : नेपाल प्रेस
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र वितरण
२६ आश्विन २०७९, बुधबार ११:३३0


सम्बन्धित समाचार
३ माघ २०७८, सोमबार १५:३९0
देशभरका साँसदहरुलाई जनकपुरका होटेलमा विशेष छुट
प्रदेश सभा प्रदेश नं. २ मा राजधानी र प्रदेशको नामाकरणका क्रममा केहि साँसदले जनकपुरधाम मँहगो रहेको टिप्पणी गरेपछि व्यवसायीहरुले छुटको व्यवस्था गरेको छ । जनकपुरधामलाई राजधानी बनाउने सम्बन्धमा केहि सा
Read More
१५ फाल्गुन २०७९, सोमबार १२:१७0
उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षण गर्नुहुँदै
जनकपुरधाम, फागुन १५ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्राविधिक टोलीसहित धनुषा र सिरहा जोड्ने कमला पुल निरीक्षणको पुग्नुभएको छ ।
जनकपुरधाम
Read More
२ भाद्र २०७८, बुधबार १४:१२0
माधव नेपाल पक्ष नयाँ पार्टी दर्ता गर्न आयोग जाँदै
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कारबाही गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । अध्यक्ष ओलीसँग मिल्ने सम्भावन
Read More
Comment here