समाज

आज मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली काङ्ग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।प्रदेश २ का कुल एक सय सात सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि एक सय चार जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका आठ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्ने जनाएको छ । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको राजीनामा माग्ने र प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो ।साभार : कोसी अनलाइन

Comment here