काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए ।नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।साभार : नेपाल प्रेस
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, सरकारले दियो बिदा
२७ पुष २०७९, बुधबार १२:१३0


सम्बन्धित समाचार
२० मंसिर २०७८, सोमबार १४:४९0
नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि, २ जना ओमिक्रोनबाट संक्रमित भेटिए
काठमाडौं। नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि
Read More
९ कार्तिक २०७८, मंगलवार १२:००0
धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक
रुपन्देही । रुपन्देहीको भैरहवामा आयोजित हिन्दूवादीको भेलामा धर्मगुरु निश्चलानन्दनले नेपाल सुरक्षित हुन सनातन हिन्दूराष्ट्र आवश्यक रहेको बताएका छन् । धर्मनिरपेक्ष बिना अर्थको शब्द भएको तर्क गरेर उनले
Read More
८ मंसिर २०७९, बिहीबार १५:२८0
रौतहट ४ मा तिमिल्सिना दोस्रो पटक विजयी
चन्द्रपुर । रौतहटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो पटक निर्वाचित हुनुभएको छ ।बिहीबार आएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा विजयी हुन
Read More
Comment here