काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।साभार : स्पेसखबर
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
१२ माघ २०७९, बिहीबार १२:१८0


सम्बन्धित समाचार
४ चैत्र २०७८, शुक्रबार १३:५९0
जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न, भोलि मात्र होली मनाइने
जनकपुरधाम । जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न भएको छ । जनकपुरधामको अन्गरगृह परिक्रममा पश्चात १५ दिने ऐतिहासिक एवं धार्मिक मिथिला माध्यमिकी परिक्रमा सन्पन्न भएको हो ।प्राचीन मिथिलाको राजधानी जनकपु
Read More
२९ पुष २०७९, शुक्रबार ११:३८0
धरौटी तिरेर आज छुट्दै सन्दीप
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने उनीनिकट स्रोतले बताएको छ ।पूर्पक्षका लागि थुनामा रा
Read More
११ भाद्र २०७८, शुक्रबार १७:१६0
मेरूदण्डीय पक्षाघात संघले समाजिक विकास मंत्रीलाई बुझाए ज्ञापन पत्र
प्रदेश नं. २ का मेरुदण्डीय पक्षधात संघले समाजिक विकास मंत्री नवलकिसोर साहलाई बुझाएको ज्ञापन पत्रको पुणर् पाठ(महोदय) समाजिक बिकास मंत्री ज्यू!!!!उपरोक्त सम्वन्धमा मेरूदण्डीय पक्षाघात संघ प्रदेश २ मेरू
Read More
Comment here