समाज

आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई समावेश नगरेको भन्दै एसोर्सिसनको विरोध

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण हुनलागेको आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई समावेश नगरेको भन्दै नेपाल डेन्टल एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनका उपाध्यक्ष डा. अजय शाहको अगुवाई गएका दन्त चिकित्सकहरुले मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउदै विभिन्न स्थानीय तहमा निर्माण हुनलागेको ५,१० र १५ बेडको आधारभूत अस्पतालमा जनताको मुख स्वास्थ्यलाई उचित महत्व दिई सो अस्पतालहरुमा तद्यन चिकित्सकहरुको दरबन्दी राख्न माग गरेको उपाध्यक्ष डा. शाहले जानकारी दिनुभयो । स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनु सराहनीय काम भएपनि सेवा प्रबाह गर्ने जनशक्तिबारे उचित गृहकार्य नहूँदा मुख स्वास्थ्य सम्बन्धी सरकारको लक्ष्य प्राप्तीमा बाधा पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयको उक्त प्रस्तावना अझै भलफलमै रहेको हूँदा ५,१० र १५ सैयाको स्थानीइ तहको आधारमूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न गरेको मागमा मन्त्रालयका सचिव साकारात्मक रहेको उपाध्यक्ष डा. शाहले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउनेहरुमा एसोसिएसनका कोषाध्यक्ष डा. निस्चल कुँवर लगायतका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई समावेश नगरेको भन्दै एसोर्सिसनको विरोध जनकपुरधाम बैसाख ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण हुनलागेको आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई समावेश नगरेको भन्दै नेपाल डेन्टल एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनका उपाध्यक्ष डा. अजय शाहको अगुवाई गएका दन्त चिकित्सकहरुले मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउदै विभिन्न स्थानीय तहमा निर्माण हुनलागेको ५,१० र १५ बेडको आधारभूत अस्पतालमा जनताको मुख स्वास्थ्यलाई उचित महत्व दिई सो अस्पतालहरुमा तद्यन चिकित्सकहरुको दरबन्दी राख्न माग गरेको उपाध्यक्ष डा. शाहले जानकारी दिनुभयो । स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनु सराहनीय काम भएपनि सेवा प्रबाह गर्ने जनशक्तिबारे उचित गृहकार्य नहूँदा मुख स्वास्थ्य सम्बन्धी सरकारको लक्ष्य प्राप्तीमा बाधा पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयको उक्त प्रस्तावना अझै भलफलमै रहेको हूँदा ५,१० र १५ सैयाको स्थानीइ तहको आधारमूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न गरेको मागमा मन्त्रालयका सचिव साकारात्मक रहेको उपाध्यक्ष डा. शाहले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउनेहरुमा एसोसिएसनका कोषाध्यक्ष डा. निस्चल कुँवर लगायतका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Comment here