समाज

आधिकारिक विल भएपनि धनुषा प्रहरी सामान नियन्त्रणमा लिदै व्यापारीले गरे भन्सार कार्यालय अगाडी विरोध प्रदर्शन

जनकपुरधाम । धनुषा प्रहरीको क्रियाकलापबाट आजिज भएर जनकपुरधाम उद्योग वाणिज्यसंघले सोमबार जनकपुर भन्सार कार्यालय अगाडी विरोध प्रदर्शन गरेको छ । सर्लाही जिल्लाको हरियौनबाट भ्याट बिल बनाएर धनुषाको प्रखेमहुवाका प्रदिप रेडिमेड कलेक्सनको नाउँमा सामान ल्याइरहदा धनुषाको दुहवीमा प्रहरीले पक्राउ गरी ९० हजार बराबरको सामान, गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि व्यापारीहरु आन्दोलत भएका छन् । घटना सम्बन्धमा प्रहरीमा जानकारी गराउदा धनुषाका प्रहरी प्रमुख बस्न्त रजौरेले प्रहरीको गल्ती भन्दा पछि सामान भन्सारमा बुझाइएकाले अब केहि गर्न नसक्ने भने पछि उनका विरुद्ध नाराबाजी गर्दै भन्सार कार्यालय अगाडी नै टायर बालेर विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्यसंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले विरोध प्रदर्शन गर्दै धनुषा प्रहरी र भन्सार कार्यालयका विरुद्ध नारावाजी समेत गरेका थिए । विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले पछिल्ला समयमा प्रहरीले विल भएको सामानलाई पनि बेवारिसे भन्दै नियन्त्रणमा लिने गरेको बताउनु भ्इाट विल तिरेर अर्थ मन्त्रालयमा समेत जानकारी दिएपनि यस्ता सामानहरु प्रहरीले नियन्त्रण लिएको बताउनु भयो ।उहाँले नियमित रुपमा रकम दिने गरेका व्यापारीको लाइन क्लियर गरेर समान ल्याउन प्रहरीले छुट दिएपनि असली आगजात बोकेका व्यापारीलाई दुःख दिने गरेको आरोप लगाउनु भयो । यस सम्बन्धमा जानकारी लिन खोज्दा भन्सार कार्यालयका आधिकारिक व्यक्ति सम्पर्कमा आएन ।

Comment here