जनकपुर।नयाँ सत्ता समीकरणसहित गठन भएको सङ्घीय सरकारको प्रभाव मधेश प्रदेश सरकार गठनमा पर्ने भएको छ। मधेश प्रदेशमा सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग सामान्य बहुमत पुगेको छ। प्रदेशमा सत्ता घटक नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल बनेको छ। सत्ता घटककै अर्को जनता समाजवादी पार्टी (जसपा) तेस्रो दल बनेको भए पनि गठबन्धनको हिसाबले दोस्रो दल हो। प्रत्यक्ष र समानु्पातिक गरी एमालेले २३ र जसपा १६ सिट प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनभित्रकै जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ। सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा प्रतिनिधित्व छैन। सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेश प्रदेशमा ६२ सिट पुगेको छ। मधेश प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सभा सदस्य छन्। यहाँ सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ। सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ। स्वतन्त्रबाट छ जनाले जितेका छन्। अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्टहरूले अधिकांशले स्वतन्त्रबाट जितेका हुन्। सरकारमा उनीहरू सहभागी हुने अनुमान गरिएको छ।प्रतिपक्षी भूमिकामा जाने निश्चित देखिएको दोस्रो दल नेपाली कांग्रेस २२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन्। सत्ता गठबन्धनलाई प्रदेशमा सरकार बनाउन न्यूनतमभन्दा बढी सिट पुगेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन। प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता छान्न सकेका छैन। प्रदेश सभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेश सभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो। संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ।नेकपा (एमाले) मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा प्रदेश सरकार नेतृत्वको टुङ्गो लगाउने जानकारी दिनुभयो। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उहाँले बताउनुभयो। यता सरकार नेतृत्वको सम्भावना बढेको हुँदा एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी थपिँदै गएका छन्। प्याकुरेलले भन्नुभयो, “एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी हुनुहुन्छ। सिनियर र अनुभवीमध्येबाट चुनिने सम्भावना छ।” जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन पनि गरिएको छ। जसपामा पनि आकाङ्क्षीको बढेका छन्। जसपामा लालबाबु राउत, सरोजकुमार यादव, मनीषकुमार सुमन, रामअशिस यादव दलको नेता बन्न इच्छुक रहनुभएको छ। दलको नेता छान्न यही पुस १४ बिहीबार बैठक बस्ने तय भएको जसपाका प्रदेश सभा सदस्य सुमनले जानकारी दिनुभयो। जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायतका सभा सदस्य दलका नेताका लागि आकाङ्क्षी रहनुभएको छ। दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा. सीके राउतलाई दिइएको छ। प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न एक समिति नै गठन गरिसकेको छ। अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्। साभार : गोरखापत्र अनलाइन
आन्तरिक गृहकार्यमा दल
१३ पुष २०७९, बुधबार ११:५१0


सम्बन्धित समाचार
४ माघ २०७९, बुधबार १२:००0
ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ
ढल्केवर । सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रुवनारायण यादव लाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सहकार
Read More
२७ जेष्ठ २०७९, शुक्रबार ११:४१0
सूर्यालाई कमल हासनले दिए ४७ लाखको रोलेक्स
एजेन्सी । दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन्। कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार द
Read More
२८ पुष २०७९, बिहीबार ११:४५0
मन्त्रिपरिषद् विस्तारलगायतका विषयकाे टुंगाे लगाउन सत्ता साझेदार दलकाे बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्प
Read More
Comment here