जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आज मध्यान्हबाट नेता कार्यकर्ताहरूले रिले अनसन शुरू गरेका हुन् । धनुषा क्षेत्र नम्बर १ र ४ मा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने उनीहरूले माग गरेका छन् । क्षेत्र नम्बर १ का सभापति जितनारायण यादव र क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पंजियारले आफ्ना पक्कडका व्यक्तिलाई क्रियाशील सस्यता बाँडेको आरोप छ । पार्टी कब्जा गर्ने गलत मानसिकताका साथ क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको नेता संजिव यादवले बताए । उनले भने, ‘क्रियाशील सदस्यता वितरण मापदण्ड अनुसार भएको छैन । यसविरुद्ध पूर्वसांसद चन्द्रमोहन यादव काठमाडौंमा आमरण अनसन बसेको ५ दिन भयो । तर, पार्टी नेतृत्वले वेवास्ता गरेका कारण हामी पनि अनुसन शुरू गरेका छौं ।’ धनुषामा १२ हजारको हाराहारीमा क्रियाशील सदस्यता रहेकोमा यसवर्ष ७ हजार थपिएको छ । जसमा हजारौं क्रियाशील सदस्यता पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत रहेको अनसनमा बसेका नेताहरूको दावी छ । उनीहरूले धाँधली गरेर बाँडेको क्रियाशील सदस्यता खारेज नगनरेसम्म असनसन जारी राख्ने बताएका छन् ।जिल्लाले गरेको सिफारिस कार्यान्वयन गर्न उनीहरुको माग छ ।
आमरण अनसन बसेका डा. यादवको समर्थनमा जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन
७ श्रावण २०७८, बिहीबार १६:३८0


सम्बन्धित समाचार
२५ कार्तिक २०७९, शुक्रबार १२:२९0
ज्याकलिन फर्नान्डिसलाई अदालतले सोध्यो, ‘करोडौँ रुपैँया कहाँ गयो ?’
एजेन्सी । मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिहिबार दिल्लीको
Read More
२४ माघ २०७९, मंगलवार १२:१५0
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन्।राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन
Read More
२८ आश्विन २०७९, शुक्रबार १२:०९0
बढ्यो कोरोना, चीनका केही जिल्लाहरुमा फेरि लकडाउन
काठमाडौं । चीनको व्यपारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ । मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी
Read More
Comment here