मनोरंजनसमाज

‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

काठमाडौं । बहुप्रतिक्षित प्यान इन्डियन फिल्म ‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको  छ ।भारतमा बढ्दो कोरोना संक्रमणका कारण फिल्मको प्रदर्शन मिति स्थगित गरिएको निर्माण पक्षले एक ट्विटमार्फत जानकारी दिएको छ । निर्माण टिमले ट्विटमा लेखेको छ, ‘हाम्रो अथक प्रयासका बाबजुद, केही परिस्थितिहरू हाम्रो नियन्त्रणबाहिर छन् । भारतको धेरै राज्यहरुका सिनेमा हलहरु बन्द हुदैछन् ,हामीसँग तपाइँको उत्साहलाई केही समय रोकेर राख्न अनुरोध गर्नु बाहेक कुनै विकल्प छैन् । हामीले भारतीय सिनेमाको महिमा फिर्ता ल्याउने वाचा गरेका थियौं, र सही समयमा, हामी त्यो वाचा पुरा गर्नेछौं।’कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथामका लागि दिल्ली सरकारले स्कुल, जिम, सिनेमा हललगायत भीड हुने विभिन्न स्थान बन्द गर्ने घोषणा गरेको छ । भारतका विभिन्न स्थानको सिनेमा हलहरू बन्द हुन थालेपछि धेरै फिल्म आफ्नो प्रदर्शन मिति स्थगित गर्ने तयारीमा छन् । एसएस राजामौलीको निर्देशन रहेको फिल्म आरआरआरमा जुनियर एनटिआर, रामचरण, अजय देवगण, आलिया भट्टलगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्म तमिल, तेलुगु, मलयालम, हिन्दी, कन्नड भाषामा रिलिज हुनेछ । साभार : कोसीअनलाइन


Comment here