काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, श्रीबास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत कुराकानी भएको मन्त्रीको सचिवालयले बताएको छ ।भारतीय सहयोगमा निर्माण भइरहेको आयोजनाहरूमा देखिएका समस्या समाधान गर्ने लगायत विषयमा समेत छलफल भएको बताइएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्ने लगायतका कुरा राखे ।यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षबाट समाधान गरिनुपर्नेमा दुवै पक्ष सहमत देखिएका छन् । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।साभार : रातोपाटी
उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो
२० पुष २०७९, बुधबार ११:५३0


सम्बन्धित समाचार
१६ बैशाख २०७९, शुक्रबार १६:५७0
कमलदेवको उम्मेदवारीले युवाहरु उत्साहित
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसले युवा नेता कमलदेव यादवलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । युवाहरु माझ निकै नै लोकप्रिय कमलदेव हंसपुर नगरपालिका वडा नं. ४ को वड
Read More
३ पुष २०७९, आईतवार १२:२१0
संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।का
Read More
८ मंसिर २०७९, बिहीबार १२:१२0
रवि लामिछाने ३४ हजारको विशाल मतान्तरसहित चितवन २ बाट विजयी
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी ने
Read More
Comment here