जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुविधा सम्पन्न आधुनिक पार्किंग स्थलको निर्माण गरिने भएको छ । उपमहानगरपालिकामा विद्यमान ट्राफिक समस्या समाधानका लागि उपमहानगरपालिकाद्वारा पार्किंग स्थलको निर्माण हुन लागेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताएका छन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठठामा निर्माण हुने पार्किंग स्थलको आउंदो माघ २७ गते शिलान्यास गरिने उपमहानगरपालिकाले जनाएको छ । अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको समय पार्किंग स्थलको निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेको छ । उपमहानगरपालिकाले सडक पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ । ट्राफिक व्यबस्थापनका लागि उपमहानगरपालिका , नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आएको छ तर पनि पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ । विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको देखिन्छ ।
उपमहानगरपालिकाद्वारा सुविधा सम्पन्न आधुनिक पार्किंग स्थलको निर्माण गरिने
२५ माघ २०७९, बुधबार १८:०६0


सम्बन्धित समाचार
१८ भाद्र २०७९, शनिबार १८:२२0
धनुषा २ मा लोसपाबाट पूर्वमन्त्री अरगरिया सिफारिस
जनकपुरधाम । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।लोसपा ध
Read More
२१ माघ २०७९, शनिबार १७:०७0
पूरानै गठबन्धनमा फर्किन प्रचण्डको प्रपञ्च, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्
काठमाडौं । तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेको एक महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साबिकक
Read More
३१ जेष्ठ २०७८, सोमबार १६:५९0
बिराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्यकार्यालय महोत्तरीलाई ६ लाख बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण
अहिलेको कोरोनामहामारीको समयमाविपन्नसमुदायकाविरामीलाईमहोत्तरीका सबै स्वास्थ्यचौकीलाई स्वास्य समग्रीदिइने भएको छ ।बिराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्यकार्यालय महोत्तरी मार्फत कोभिड १९ नियन्त्रणकोे लाग
Read More
Comment here