काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेकाे मतदानबाट १६ हजार ३२८ मतभार कायम भयाे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।साभार : नेपाल प्रेस
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
३ चैत्र २०७९, शुक्रबार १६:५१0


सम्बन्धित समाचार
२२ पुष २०७९, शुक्रबार ११:४१0
जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।तयारीका लागि बिहीबार मधे
Read More
१५ भाद्र २०७९, बुधबार १२:४९0
उपेन्द्र यादव सिरहा २ बाट पनि उम्मेदवार सिफारिस, विजय यादव प्रदेश छाड्ने !
जनकपुरधाम । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सिरहा क्षेत्र नम्बर २ बाट पनि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।मंगलबार बसेको जसपा सिरहा क्षेत्र २ क
Read More
२ फाल्गुन २०७८, सोमबार ११:४७0
नेपालमा ७२ प्रतिशतले सुन्छन् रेडियो
काठमाडौँ । कोरोना महामारीको समयमा नेपालमा रेडियो सुन्नेको सङख्या बढेको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउनको समयमा रेडियो सुन्नेको सङ्ख्या बढेको से
Read More
Comment here