काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।साभार : रातोपाटी
उपराष्ट्रपति निर्वाचन : ६१० मत खस्यो
३ चैत्र २०७९, शुक्रबार १२:३३0


सम्बन्धित समाचार
२ फाल्गुन २०७९, मंगलवार १८:०९0
उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पुरस्कार धनुषाका साहलाई
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटा र रासस धनगढी कार्यालय प्रमुख सिद्धराज भट्टलाई प
Read More
३ कार्तिक २०७९, बिहीबार १८:०४0
राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने गठबन्धनको लक्ष्य : सहमहामन्त्री यादव
जनकपुरधाम, ३ कार्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले नेपालको संविधानले परिकल्पना गरेअनुरुप राष्टिूयता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालि
Read More
३० भाद्र २०७८, बुधबार १२:५४0
टीकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहित युवती बेपत्ता
तनहुँ । टीकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ
Read More
Comment here