समाज

उपसभापति निधिद्वारा महेश्वर प्रसाद सिंहको शालिक अनावरण

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले महेश्वर प्रसाद सिंह स्मृति भवनको उदधाटन गरेका छन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीद्वारा आयोजित एक समारोह बीच मंगलवार स्मृति भवनको उदधाटन गरेका हुन ।

उपसभापति निधिले आजै प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं मन्त्री महेश्वर प्रसाद सिंहको शालिक अनावरण पनि गरेका छन ।

काठमाण्डैबाट सडक मार्ग ह्ँदै बर्दिबास आईपुगेका निधिको नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । बर्दिबासबाट जलेश्वर जाने क्रममा महोत्तरीका विभिन्न पालिकामा निधिको सम्मान एवं स्वागत गरिएको थियो ।  

Comment here