समाज

उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शुक्रबार संघीय संसद भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।धनुषाकी यादव समानुपातिकतर्फबाट कांग्रेसको सांसद बनेकी थिइन्। कांग्रेसको १४ औं महाधिवेशनमा यादवले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।साभार : रातोपाटी

Comment here