समाज

उपसभामुखमा समर्थनबारे निर्णय गर्न लोसपा बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टिले आज हुन गइरहेको उपसभामुखको निर्वाचनमा कसलाई मत दिने भन्नेबारे आज दिउँसो टुंगो लगाउने भएको छ । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने विषयमा छलफल गर्न आज दिउँसो केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । लोसपाका १३ सांसद छन् । प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।  लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ । साभार : कोसी अनलाइन

Comment here