जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने विषय उल्लेख भएकाे ध्यानाकर्षण गराइएकाे छ ।जसपाभित्र एकले अर्को पक्षलाई कारबाहीको शिलशिला पनि जारी छ । प्रतिगमनकारी कदमलाई साथ दिएको, नेता महतोलाई किन दलको नेता बनाइएको जस्ता आरोप पनि मन्त्रीहरूलाई लगाइएको छ ।महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित ९ मन्त्री र दुई राज्य मन्त्री पाएको छ ।जसपामा ठाकुर-महतो पक्ष अहिले प्रधानमन्त्री ओलीकाे सत्ता सारथी भएका छन् भने यादव-भट्टराई पक्ष ओलीकाे विपक्षी गठबन्धमा सामेल छन् ।जसपा भित्रकाे विवादकाे विषयमा निर्वाचन आयोगले स्पषट पार्दै दुवै पक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता नदिएर पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ।
उपेन्द्र यादव पक्षले महन्थ -राजेन्द्र पक्षबाट मन्त्री बनेका ११ जनालाई स्पष्टीकरण साेध्याे
३१ जेष्ठ २०७८, सोमबार १६:२५0


सम्बन्धित समाचार
२६ मंसिर २०७८, आईतवार १२:११0
विभेदमा परेका समुदायलाई राज्यका हरेक क्षेत्रमा स्थान दिनुपर्छः मन्त्री साह
काठमाडौं। प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बहिष्कार र विभेदमा परेका समुदायको राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।सप्तरीको भगवतपुरमा गरेको नेपाल आदिवासी जनजाति
Read More
२३ चैत्र २०७८, बुधबार २१:५७0
जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार देखि जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु भएको छ । महोत्सवलाई नेकपा (एकिकृत समाजवादी)पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधब कु
Read More
२५ आश्विन २०७८, सोमबार १३:१३0
पार्टीको नेतृत्व युवा वर्गको हातमा हुनुपर्छ: उपसभापति निधि
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवा वर्गको हातमा हुनुपर्ने आवश्यकता जनाएका छन् । नेपाली काँग्रसको १४औं महाधिवेशनबाट प
Read More
Comment here