समाज

एक पटक पुनः काँग्रेसलाई बहुमत दिनुपर्छः उपसभापति निधि

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली काँग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिबेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । काँग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भन्दै उहाँले काँग्रेसलाई सहयोग गर्न आव्हान समेत गर्नुभयो ।उपसभापति निधिले काँग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रीत रहेको बताउनुभयो । नागरिकको जिवन रक्षा पहिलो प्राथमिकता रहेको पनि उहाँले चर्चा गर्नुभयो ।बर्तमान सरकार सही दिशामा अघि बढिरहेको बताउनुहुँदै नेता निधीले भन्नुभयो, “पुनः एक पटक काँग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” जनकपुरधामको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो ।कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफुले काँग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । काँग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।–गोरखापत्र अनलाइन

Comment here