खेलकुद

एथ्लेटिकोको पोष्टमा बायर्नको गोलवर्षा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लागतार १२ औँ जित निकाल्दै एथ्लेटिको म्याड्रिडलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ ।

उत्कृष्ट लयमा देखिएको हान्सी फ्ल्किको टोलीका लागि किंग्सले कोमानले खेलको २८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । लियोन गोर्टेज्काले पहिलो हाफ सकिन लाग्दा अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा कोरेन्टिन टोलिसोले तेस्रो गोल थपे भने कोमानले व्यक्तिगत तथा टोलीको चौथो गोल गरे । खेलमा बायर्नले विपक्षीको पोष्टमा १६ प्रहार गर्न सफल भएको थियो ।

Comment here