Uncategorized

एमालेका युवा नेता मिन रहपाल समाजवादीमा प्रवेश

जनकपुरधाम । नेकपा एमालेका युवा नेता मिन रहपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।दुई दशक देखि नेकपा एमालेको विभिन्न तहमा रहेर समाजिक क्षेत्रमा काम गरिरहनु भएका रहपाल पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले असन्तुष्ट भई पार्टी परित्याग गर्नुभएको थियो । पार्टी भित्र एकात्मक रुपमा काम गर्ने प्रबृद्धिका कारण एमालेका अध्यक्ष ओलीको व्यवहारले पार्टी भित्रका सबै वर्ग समुदायलाई समान रुपले नहेरेको कारण अन्य धेरै नेताहरु सो पार्टी त्यागेका हुन । एमाले त्यागेरनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा प्रवेश गर्नुभएका युवा नेता रहपाल महोत्तरी जिल्ला कमिटिको सचिवालय सदस्यर सो पार्टीकै नेपाल दलित मुक्ति संगठनका प्रदेश नं. २ का अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्यको दायित्वमा रहनु भएको छ ।

Comment here