काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । एमाले भित्र दुई गुट विभाजन भएपछि माधव नेपाल गुटमा सामेल भएका नेता रावल सर्बोच्चद्वारा प्रतिनिधीसभा विघटन गरेपछि एमाले एकिकरणको प्रयासमा लागेका थिए ।
आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।
पछिल्लो समय पार्टी एकताको निरन्तर प्रयास गरेपनि पार्टीका दुई धूर्व आफ्ना आफ्ना क्षेत्रमा राखेको र पार्टी एकताको नाममा राजनैति गरेको तर्क दिएका छन् ।
राजनीतिका नाममा देश र जनताको हित बिपरीत काम गरिएको देख्दा एक देश सपूतको मन रोएको भन्दै उनले राजिनामा दिएको बताएका छन् ।
साभार : विकास टाइम्स
Comment here