जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अब नेकपा एमाले र राप्रपाको ढोक्सामा माछा नपर्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेता निधिले नेकपा एमाले र राप्रपाले ठेक्का लिँदैमा ढोक्सामा माछा नपर्ने बताए ।
‘नेपाली कांग्रेस, सत्ताधारी प्रधानमन्त्री र समर्थन गरेका दलहरुबाहेक अरुको ढोक्सामा माछा पर्नेवाला छैन’, उनले भने, ‘हाम्रो ढोक्सामा माछा आइसक्यो ।’
नेता निधिले अहिलेको राजनीतिक घटनाक्रमबारे धेरै डिटेल बताउन नसक्ने तर वर्तमान सरकारमाथि कुनै खतरा नरहेको जिकि गरे ।
‘नेकपा एमाले र राप्रापाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ’, उनले थपे, ‘उहाँले जतिबेला विश्वासको मत लिनुहुन्छ । हामीले दिएकै छौं । अहिले पनि दिन्छौं ।’साभार : नेपाल प्रेस
Comment here