समाज

एमाले वाट विजयी जनकपुरधामका जनप्रतिनिधिहरुले सपथ लिए पश्चात गरे पदभार ग्रहण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमाले वाट विजयी भएका छ वटा वाडाका वाडा अध्यक्ष र सदस्यहरुले शुक्रबार संयुक्त रुपमा पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाले बिहिबार आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाए पछि सपथ ग्रहण कार्यक्रमनै बहिसकार गरेका उनीहरुले आज जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह र उप प्रमुख किशोरी साहको उपस्थितीमा सपथ लिएका छन । उनीहरु लाई नगर प्रमुख साहले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
शुक्रवार सपथ ग्रहण गरेका जनकपुरधाम उपमहानगरपालिकाका अधिकाँस वाडा अध्यक्षले आजै पदभार समेत ग्रहण गरेका छन । जनकपुरधाम वाडा नं.८ का वाडा अध्यक्ष दिनेश सिंहले आज पदभार ग्रहण गर्दै वाडा नं.८ का बासिन्दा लाई जन्मदर्ता ,मृत्युदर्ता र विवाह दर्ता निशुल्क गर्ने निणर्य गरिएको जानकारी दिनु भयो । वाडा नं.४ का वाडा अध्यक्ष सुरेश झाले वाडा बासी सँगको सल्लाहमै ४ नं. वाडाको विकासका लागि कामकाज गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसै गरी वाडा नं.११का वाडा अध्यक्ष अर्जुन चौधरीले पदभार ग्रहण गर्दै वाडा बासीको आवश्यकतालाई ध्यानमा राखी आफुले कामकाज गर्ने बताउनु भयो ।
जनकपुरधाम सहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ,गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधिले समेत आजै पदभार ग्रहण गरेका छन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पदभार ग्रहण गर्दै नगर प्रमुख सुखदेव यादवले आफनो नगरपालिकामा ज्येष्ठ नागरिक , गर्भवती महिला, अपाङ्ग लगायतकालाइ जिल्लाभर निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नु को साथै किशानलाई पशु बिमा निशुल्क र जन्मदर्ता ,बिवाहदर्ता, मृत्यु दर्ता, बसाइ सराइ, चारकिल्ला, घरबाटो लगायतका सिफारिस निशुल्क गर्ने निणर्य गरिएको जानकारी दिनु भयो ।

Comment here