काठमाडौं । बलिउडका सुपरस्टार सञ्जय दत्तले आफ्नौ कुशल अभिनयले धेरैको मन जितेका छन् । उनले थुप्रै बलिउडका सुन्दरीहरुसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरुसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए ।उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै भनेका थिए, ‘यति धेरै सुन्दर युवती ’उनीहरु पहिलोपटक एउटा व्यवसायिक विज्ञापनको क्रममा भेटिएका थिए । ऐश्वर्यालाई देखेपछि सञ्जयले उनलाई बलिउडमा नआउन आग्रह गरेका थिए । बलिउड उद्योगमा कदम राखेपछि त्यहाँभित्रको नियम र परम्परा अबलम्भन गर्दागर्दै ऐश्वर्याको सुन्दरतामा हराउने भयले उनले एृेश्वर्यालाई फिल्म क्षेत्रमा नआउन आग्रह गरेका हुन् । उनले एक अन्तरर्वातामा भनेका थिए, ‘यदि ऐश्वर्या सडकमा उभिइन् भने मानिसहरु उनलाई हेर्नका लागि गाडी रोक्नेछन् ।’साभार : रातोपाटी


Comment here