जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा कमन कार्प चाईनिज शुद्ध नसलको हुर्कौला माऊ निजी ह्याचरी हस्तानानतरण कार्यक्रम सम्पन्न भएको छ । मत्स्य अनुसन्धान केन्द्र, पोखराका डा. मो. ईकबालहुसेनको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका प्रदेशका सचिव डा. नम्रता सिंह , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजनाकार्यान्वयन ईकाई धनुषाका प्रमुख युगल प्रसाद तिवारी पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधामका निर्देशक जागेश्वर यादव, मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरधाम,भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र,जनकपुरधाम, धनुषाका इन्द्रदेब साह, शान्ति मत्स्य फार्म,जनकपुरउप-महानगरपालिकावडान.१२ का जागेश्वर यादव, मिश्रा मत्स्य प्रजनन फार्म जनकपुरधाम उप-महानगरपालिका वडा न.१२ का उपेन्द्र मिश्रा , स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्प माछाहरुको वृद्धि दरमा कमि हुदै गएको समय शुद्ध नसलको माछा ल्याउने योजना अन्तर्गत सन् २०११ मा चिनबाट Project M TCP/NEP/3303 Improving national carp seed production system in Nepal अन्तर्गत नेपालमा कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्पको ६२०० गोटा ०.२४-०.५० ग्राम को साना भुरा ल्याई नार्कको मत्स्य अनुसन्धान केन्द्र, पोखरामा र मत्स्य शुद्ध नसल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र, भैरहवामा राखिएको थियो । भुरालाई प्रजनन् गर्ने माऊ माछाको सम्म पाल्दै र यसबाट भुराहरु उत्पादन गरि हुर्कौला माउहरू ह्याचारीहरुलाई हस्तान्तरण गरिदै आएको छ । माछा पाल्ने किसानहरु गुणस्तरीय भुरा प्राप्त होस् र यसबाट किसानहरु लाभान्वित होस् भन्ने उद्देश्यका साथ दुईवटा निजि हयाचारिलाई कमन कार्प चाईनिज शुद्ध नसलको हुर्कौला माऊ निजि ह्याचरीलाई हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।
कमन कार्प चाईनिज शुद्ध नसलको हुर्कौला माऊ निजी ह्याचरी हस्तानानतरण कार्यक्रम सम्पन्न
२० फाल्गुन २०७९, शनिबार १५:३३0


सम्बन्धित समाचार
२ बैशाख २०७९, शुक्रबार १८:३०0
जनकपुरधाम उपमहानगरको २५ वटै वडाबाट मनोज साहको नाम सिफारिस
राहुल सिंहजनकपुरधाम, २ बैशाख ।गठबन्धन दलहरुबीच तालमेलको विषय पेचिलो र असहज बन्दै गए पछि नेपाली कांग्रेस जनकपुरधामका वडा समितिहरुले उम्मेदवारको नाम सिफारीस गर्ने कार्यलाई तिव्रता दिएका छन । गठबन्धन दल
Read More
२२ पुष २०७९, शुक्रबार ११:४१0
जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।तयारीका लागि बिहीबार मधे
Read More
२५ कार्तिक २०७८, बिहीबार १२:२६0
सिरहामा एमालेबाट निर्वाचित वडाध्यक्षको निधन
जनकपुरधाम । सिरहामा एक वडाध्यक्षको निधन भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ का वडाध्यक्ष बिल्टु यादवको निधन भएको हो ।लामो समयदेखि बिरामी उनको गएराति घरमै निधन भएको स्थानीय नागेन्द्र यादवले जानकार
Read More
Comment here