समाज

करुणा स्वावलम्बन साकोसको १६ औँ साधारण सभा सम्पन्न, संस्थाको भवन बनाउन सहयोग गर्ने मन्त्री यादवको भनाई

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ६ लगमामा रहेको करुणा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामभद्र झाको अध्यक्षतामा सयौँ सेयर सदस्यहरुको उपस्थितीमा भएको सो साधारण सभामा प्रमुख अतिथि प्रदेश नं. २ का भौतिक पुर्वाधारण विकास मन्त्री रामसरोज यादवले सो संस्थाको भवन निर्माणमा संसदीय कोष तथा मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गरिबी अन्त्य तथा उद्यमशिलताका लागि सहकारी बरदान सावित भएको भन्दै उहाँले सरकारको भर नपरि सहकारी मार्फत समृद्धिको लागि अगाडी बढ्न सदस्य महिलाहरुलाई आग्रह गर्नुभयो । २०६२ सालमा दर्ता भएको सो संस्थाको हाल सदस्य संख्या ४५४ जना रहेको छ । संस्थाको आर्थिक वर्ष २०७८–७९को अनुमानित आय एक करोड ४७ लाख २० हजार रहने जनाइएको छ ।

जस मध्ये व्याज आम्दनी ९ लाख, लाभान्स आम्दनी १० हजार, लगानीबाट आम्दनी ४० हजार, अन्य आम्दनी २ लाख ,प्रशासनीक शुल्क ६ लाख ५० हजार,अन्य निकायबाट सहयोग ५० लाख अनुमान गरिएको छ । संस्थाले चालु आर्थिक वर्षमा सेयर सदस्यहरु मध्ये ५सय जनालार्ई सहकारी शिक्षा तालिम, गोष्ठी, २५ जनालाई भ्रमण अवलोकन, २ वटा विद्यालयमा हाजरी जवाफ प्रतियोगिता तथा आँखा शिविर गरिने संस्थाका अध्यक्ष रामभद्र झाले जानकारी दिनुभयो । उक्त संस्था संग अहिले शेयर पुँजी ५४ लाख ८० हजार ३ सय,जगेडा कोषमा ३५ लाख ६२ हजार २सय २३, अन्य कोषमा ३० लाख ४६ हजार ६ सय ९९,बचत तर्फएक करोड६१ लाख ५२ हजार ३ सय ८०, बाह्य ऋण ३ करोड १३ लाख ७२ हजार २१२ लगायतका रहेको जनाइएको । संस्थाका सचिव विनोद कुमार यादवले स्वगत मन्दव्य व्यक्त गरेको सो कार्यक्रममा विशिष्ठ अतिथि नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव,उपमेयर रञ्जु देवी साह,संस्थाका जग्गादाता तथा वडा नं. ६ का अध्यक्ष धनवीर महतो,संस्थानका सल्लाहकार तथा गोगल प्रसाद नमुना उच्च माविका प्रधानाध्यापक महावीर दास, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार दिलिप कुमार झा, शियालाल मंडल, सल्लाहकार रामेश्वर मंडल लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सयौँको संख्या सेयर सदस्य, संस्थाका सल्लाहकार सहितको उपस्थिती रहेको थियो । सो साधारण सभामा नमस्ते मिथिला समुहका कलाकारले मनोरञ्जन गरेका थिए ।

Comment here