एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै अन्य १२ सय घरधनीलाई कर तिर्न नोटिस पठाएको हो। सिन्नरको आडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउनको लागि जग्गा किनेकी थिइन्। जसको एक वर्षको कर करिब २२ हजार रुपैयाँ हुन्छ। सार्वजनिक नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ। पछिल्लो समय ऐश्वर्या फिल्म ‘पोन्नियिन सेलवन १’ मा देखिएकी थिइन्। फिल्मलाई मणिरत्नमले निर्देशन गरेका थिए। फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ।ऐश्वर्याले सन् १९९४ मा मिस वर्ल्डकाे उपाधि जितेकी थिइन्। उनले सन् १९९७ मा तमिल फिल्म ‘इरूवर’ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्।साभार : सेतोपाटी
कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस
४ माघ २०७९, बुधबार १२:१७0


सम्बन्धित समाचार
३१ श्रावण २०७८, आईतवार १२:१५0
राजधानी काबुलबाहेक अफगानिस्तानका अन्य सहरमा तालिबानको कब्जा
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चार
Read More
१३ आश्विन २०७८, बुधबार १५:४७0
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदको कागजात नियन्त्रणमा
जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।आयोगको कार्यालय काठमाडौं र बर्दिबासको संयुक्त टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
Read More
२२ पुष २०७८, बिहीबार ११:३१0
काँग्रेस धनुषा सभापतिमा क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियारको उम्मेदवारी घोषणा
जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार ‘जोगी’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आज जनकपुरधाममा आयो
Read More
Comment here