दिपेश मल्लिक, जनकपुरधाम । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नभएका १३ जिल्ला मध्ये धनुषामा यहि कार्तिक २८ गते आइतवार वडा अधिवेशन हुने भएको छ । वडा अधिवेशनको रौनकसंगै धनुषामा पनि महाधिवेशनको प्रक्रिया शुरु भएको छ । धनुषा रहेको १८ स्थानिय तह मध्ये जनकपुरधाम उपमहानगरपालिकाको वडा अधिवेशन सर्वाधिक चर्चामा रहेको छ । २५ वटा वडा रहेको उपमहानगरपालिकामा अधिकांशमा सर्वसम्मतिको संभावना रहेको छ भने केहि वडामा निर्वाचन नै हुने देखिएको छ । उपमहानगरको वडा नं. १,८,९,१०,२०,२३ मा निर्वाचन हुने बलियो संभावना रहेको छ । वडा नं. १ मा राम दयाल पुर्वे र देबु यादवको प्रतिस्पर्धा हुने देखिएको छ भने वडा नं. ८ मा सुखचन्द्र मिश्र (मालिक भाई) र सुरेन्द्र शर्माबीच टक्करको संभावना रहेको छ । त्यसैगरि वडा नं. ९ मा बिमलेश सिंह र ज्ञानेन्द्र मंडलबीच कडा प्रतिस्पर्धा रहेको छ । त्यस्तै वडा नं. १० मा मिथिलेश कर्ण र राम चन्द्र चौधरी बीच प्रतिस्पर्धाको संभावना छ । यता जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २० र २३ मा पनि निर्वाचनबाट नेतृत्व छानिने संभावभना बलियो छ । वडा नं. २० मा हृदयकान्त झ, जगत झा र राम सुन्दर पंडितबीच त्रिकोणिय प्रतिस्पर्धा हुने छाँटकाँट छ । त्यस्तै वडा नं. २३ मा राम नन्दन चौधरी र राघवेन्द्र साह बीच कडा टक्कर हुने बुझिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको १ देखि २५ वडासम्मको सम्भावित वडा सभापतिको नामावली (सूची सहित) वडा नं. १. राम दयाल पुर्वे, देबु यादव २. राम लोचन यादव ३. बुद्धिराम ठाकुर ४. सुरेश झा, दिपक साह ५. मनोज साह, बेचन साह ६. दिनेश साह, बिनय राय ७. श्याम साह ८. सुख चन्द्र मिश्र, सुरेन्द्र शर्मा ९. बिमलेश सिंह, ज्ञानेन्द्र मंडल १०. मिथिलेश कर्ण , राम चन्द्र चौधरी ११. संजय साह १२. शत्रुध्न यादव, बद्रि यादव १३. जितु राउत १४. ब्रहमदेव मिश्र १५. सुरेश साह १६. बिगुल साह, शिवेन्द्र साह १७. बालबोध यादव १८. जासिम नदाफ १९. विजय यादव २०. हृदयकान्त झा, जगत झा, राम सुन्दर पडित २१. महेन्द्र महतो २२. बिलट मंडल २३. राम नन्दन चौधरी, राघवेन्द्र साह २४. विशेश्वर शर्मा, खेदरु साह २५. उमेश यादव, जोगी पासवान नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि र नेपाली काँग्रेस प्रदेश र संसदीय दलका नेता राम सरोज यादवको निर्वाचन क्षेत्र समेत रहेको धनुषाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय तह र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा महत्वपुणर् भुमिका निर्वाह गर्ने भएकोले अन्तिम समय सम्म भने सहमतिको प्रयास भने जारि नै रहने एक जिल्ला सदस्ले बताए ।
काँग्रेस महाधिवेशन : यी हुन जनकपुरधाम नगरका वडा सभापतिका आकांक्षी
२६ कार्तिक २०७८, शुक्रबार १७:२०0


सम्बन्धित समाचार
२१ पुष २०७९, बिहीबार १२:०४0
शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा!
मुम्बई । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।यतिबेल
Read More
२६ आश्विन २०७९, बुधबार १५:२७0
गणेशमान चारनाथ नगरपालिकाका २२ जना महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम जारी
्बटुकनाथ झा, जनकपुरधाम २६ गते असोज | महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिभिहरुका ला
Read More
४ श्रावण २०७८, सोमबार १२:४६0
‘घाइते बाघ’, ‘सतिसाल’ र १२ बुँदेको पृष्ठभूमिमा वर्तमानको लेखाजोखा
विश्वासको मत प्राप्तिपछि देउवा सरकारको भावी यात्रा
धर्मेन्द्र झा
अपेक्षा गरिएअनुरूप नै अन्ततः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो मतान्तरले विश्वासको
Read More
Comment here