नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दििए । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ । आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।
कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक
३१ जेष्ठ २०७८, सोमबार १६:३३0


सम्बन्धित समाचार
८ फाल्गुन २०७८, आईतवार १२:५६0
नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा
काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् ।नन्दिता दासको निर्देशनमा बन्ने नयाँ च
Read More
२८ आश्विन २०७९, शुक्रबार २१:१४0
धनुषाको दुई पालिकामा महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सुरु
्बटुकनाथ झा ।जनकपुरधाम, २८ गते असोजमहिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको दुई वटा पालिकाकानिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तेस्रो मोडयु
Read More
२८ कार्तिक २०७९, सोमबार ११:५५0
निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
काठमाडौं। देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ।मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वा
Read More
Comment here