काठमाडौँ, फागुन १२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ ।बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ । साभार : गोरखापत्र
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार
१२ फाल्गुन २०७९, शुक्रबार १२:०५0


सम्बन्धित समाचार
१९ असार २०७८, शनिबार १८:२१0
मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख इन्जिनियर भगवान झा सरकारी सेवाबाट विदा भए
मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख इन्जिनियर भगवान झा सरकारी सेवाबाट मुक्त भएका छन् ।
झाले उमेर हदका कारण अवकाश पाएका हुन् । आफू सरकारी कर्मचारीको रुपमा ३३ वर्ष नेपाली
Read More
२३ कार्तिक २०७९, बुधबार १२:१२0
परिचय खुल्ने आधिकारिक कागजातबाट पनि मतदान गर्न पाइने
काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदाता परिचय पत्र नभए पनि मतदान गर्न पाइने भएको छ। निर्वाचन आयोगले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने ब्यवस्था गरेको हो।आगोगका अनुसार प्रतिनि
Read More
१ पुष २०७९, शुक्रबार ०८:५०0
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदै छ ।विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइ
Read More
Comment here