नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाे । दिउँसाे १ बजेपछि बस्ने बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफलमा केन्द्रित हुने बताइएकाे छ ।
यसअघि हिजाेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यकतालिका सम्बन्धी प्रस्ताव पेश गरेका थिए।त्यसमा भदौ १६देखि १९ सम्म काठमडौँमा महाधिवेशन गर्ने उल्लेख छ।
हिजाेकाे बैठकमा बाढी र पहिरोका विषयमा छलफल भएको थियो। बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न र प्रभावित परिवारको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।
त्यस्तै,कांग्रेसले निषेधाज्ञाकाे विकल्प खोज्न ,खोप आयतका लागि पलह गर्न सरकारसँग माग गरेको थियो।
Comment here