कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महरले मुलुकमा सधैँ अप्ठ्यारो पर्दा कांग्रेसले नै निकास दिने भएकाले कांग्रेस नै जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची भएको बताए ।‘गठबन्धन गरेर चुनावमा जानु प्रतिउत्पादक हुन्छ भनेर मलगायत केही नेताले भनेका थियौं । तर, तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन र संघीयताको रक्षा गर्नै पर्ने बाध्यता कांग्रेससामू थियो । त्यसैले हामीले प्रतिउत्पादक हुन्छ भन्ने जान्दाजान्दै पनि गठबन्धन गर्यौं । यो मुलुकको हितका लागि थियो,’ उनले भने । त्यसपछि सिर्जित अवस्थाका बारेमा कांग्रेस केन्द्रीय समिति बैठकमा गहन छलफल हुने उनले प्रस्ट पारे ।उनले नेपालमा लोकतन्त्रको एकमात्र पर्यायवाची कांग्रेसमात्रै हो भन्ने लोको र स्लोगनलाई थुत्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अब रुपान्तरित र समय सापेक्ष पार्टी आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल भइ गति निर्धारण हुने बताए ।आफूसमेत नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापक अध्यक्ष रहेको स्मरण गर्दै महरले भने, ‘रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, कान्तिपुरलगायत थुप्रै स्थानीय पत्रपत्रिकामा पनि आफैँ सम्पादक भएर मैले काम गरे । हामी रातभर पत्रिका प्रकाशन गर्थ्यौ । दोस्रो, तेस्रो दिन लगायर पत्रिका डडेल्धुराबाट महेन्द्रनगर पुग्दा खबर बासी भइसकेको हुन्थ्यो । त्यो समय अहिले परिवर्तन भएको छ । अहिले आफ्नो प्रभावकारिता देखाउन अब्बल साथीहरू तयार भइसक्नुभएको छ । यसमा धेरै खुसी लागेको छ ।’ पार्टी र संगठनभित्र असामञ्जस्यता हुने भए पनि त्यसको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने महरले धारणा राखे।उनले कांग्रेसलाई कसरी सशसक्त बनाउने भनेर प्रेस युनियनलगायत सबै भ्रातृ संस्थाहरू आ(आफ्नै दायीत्व हुने बताए । ‘सरकार जहिले पनि जनताप्रति अनुत्तरदायी र निरंकुस हुने प्रयास गर्छ । त्यो समयमा लोकतन्त्रमा विश्वास राख्ने पत्रकारको कलमले निरंकुस सत्तालाई नियन्त्रणमा राख्ने प्रयास गर्छ । र, सत्ता समाजको रुपान्तरणतर्फ लाग्छ,’ महरले भने।समाजभित्र उठेका थुप्रै विषयलाई जस्ताको त्यस्तै पस्केर पत्रकारले समाज परिवर्तन चाहिरहेको नजीरलाई भुल्न नहुने उनको तर्क छ। महरले कम्युनिस्टहरूलाई प्रजातान्त्रिकीकरण गर्ने दायित्व पनि पत्रकार र प्रेस युनियनकर्मीहरूको बढी रहेको बताए । नेपाली राजनीतिमा सत्ताश्वार्थमा कमुनिस्टहरू बढी रम्ने आरोप लगाउँदै महरले उनीहरूको कम्युनिस्ट मुकुन्डो उघ्रिने क्रममा रहेको बताए ।पत्रकारको अधिकारको लागि कानुन बन्ने क्रममा रहेको बताउँदै महरले यतिबेला पत्रकारमैत्री अधिकार निर्माणका लागि पत्रकारहरूको पनि सहभागीता रहनुपर्ने बताए ।साभार : न्युज कारखाना
कांग्रेस जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची हो : महर
२८ पुष २०७९, बिहीबार १२:०५0


सम्बन्धित समाचार
२३ कार्तिक २०७८, मंगलवार १२:२३0
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
विराटनगर । छठ पर्वको दोस्रो दिन आज (मङ्गलबार) ‘खरना’ गरिँदै छ । आजको दिन व्रत बसेर साँझ नैवेद्य चढाएर सक्खर हाली बनाइएको खिर, मुला केराको पातमा खाइ ‘खरना’ मनाइन्छ । विशेषगरी तराई मधेसमा मनाइने छठ पर्
Read More
२९ आश्विन २०७९, शनिबार २२:५९0
घर आँगन नियमित बचत संस्थाको एघारौं साधारण सभा सम्पन्न
बटुकनाथ झा, जनकपुरधाम २९ गते असोज।महोत्तरीको लोहारपटि नगरपालिकाको वडा नं ७ भ्रमरपुुरामा रहेको घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न भएको छ । सो शत्रको अध्यक्षता संस्थाका
Read More
९ मंसिर २०७९, शुक्रबार १२:०४0
धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले परा
Read More
Comment here