रूपन्देही । भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ ।बुधबार राती काठमाडौंस्थित घरमै ग्यास लिकपछि भएको आगलागीमा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा.भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ । आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएको कंडेलले जनाएका छन् ।पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा। मुकेशले बताएको पनि कंडेलले जनाएका छन् ।फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनले बताए । शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको थियो ।चिकित्सकलाई उल्लेख गर्दै नेता कंडेलले आजदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएकोले स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन् ।साभार : नेपाल प्रेस
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, आजदेखि पाइपबाट खाना दिन मिल्ने
६ फाल्गुन २०७९, शनिबार १६:३८0


सम्बन्धित समाचार
३ माघ २०७९, मंगलवार ११:४४0
जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।नेपाल प
Read More
११ माघ २०७८, मंगलवार १५:३५0
पालिका अन्तरगतका छोरीहरुलाई सशक्त बनाउन सक्रिय मिनपाका उपप्रमुख तारा बस्नेत
बटुकनाथ झामाघ ११ गते जनकपुरधाम ।पहिला जस्तो नभई महिलालाई बदलिदो समयमा थप सशक्त बनाउने सोचका साथ धनुषाको मिथिला नगरपालिकाकी उपप्रमुख तारा कुमारी बस्नेत लामा सक्रिय हुनु हून्छ । आफ्नो उमेरको १७ वर्ष दे
Read More
३० कार्तिक २०७९, बुधबार १२:०५0
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी-४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।महोत्तरी-४ मा सत्ता गठबन्धनबाट नेपाली क
Read More
Comment here