समाज

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन्।कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए। रामसरोजले ८ सय ५५ मत मात्र ल्याए। २८ मत बदर भएकाे छ। रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे।बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएकाे छ। कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो। बिहीबार मतदान भएको थियाे। साभार : डिसीनेपाल

Comment here