समाज

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेतामा कृष्ण यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।दलका नेताका लागि उम्मेदवारी दिएका रामसरोज यादवले मात्र ४ मत पाए । कांग्रेसको मधेस प्रदेशमा कुल २२ साँसद छन् ।दलका नेतामा निर्वाचित यादव पार्टीका मधेस प्रदेश सभापति हुन् । उनी रौतहट क्षेत्र नम्वर १ (२) बाट निर्वाचित भएका हुन्  । साभार : नेपाल प्रेस

Comment here