काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेकाे नेपाल बन्दकाे काठमाडौं उपत्यकामा खासै प्रभाव नपरेको प्रहरीले जनाएकाे छ ।काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेका छन् ।बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या अन्य दिनमा जस्तै भएकाे ट्राफिक प्रहरीले जनाएको छ ।सडकमा प्रहरीको उपस्थित बाक्लो छ ।बन्द अाह्वान कर्ताहरूले थापागाउँमा नेपाल यातायातको बस, कोटेश्वरको भाटभटेनी नजिक माइक्रो बस र बा ४ ख ९३९४ नम्बरको बसमा ढुंगा प्रहार गरी क्षति पु¥याएका छन् । ठूला क्षति नभए पनि ढुंगा प्रहारबाट गाडीका सिसा फुटेका छन् ।उता,दाङमा बिहानै टिपरमा आगजनी भएको छ ।घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । बन्द गराउँदै हिँडेका केहीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।साभार : स्पेसखबर


Comment here